सांसदले महिला कार्यकर्ताको लुगा जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक

  • काठमाडाैं । 

भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले एक महिलाको लुगा अरुलाई जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सांसद साक्षीले एउटा युवतीको पेन्ट अरुलाई जबरजस्त खोल्न लगाएर अाफूले हेरिरहेका छन् । महिला रुँदै अस्वीकार गरिरहेको दृश्य भिडियोमा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा साक्षीले सुरुमा ति युवतीलाई लुगा (पेन्ट) खोल्न भने उनले नमानेपछि सँगै उभिएका अरु महिलाहरुलाई लगाएर खोल्ने प्रयास भइरहेको छ तर युवतीले प्रतिकार गरिरहेकी छन् ।

सांसद साक्षीले भारतको मैनपुरीमा प्रहरीले दमनबाट पीडित आफ्नै महिला कार्यकर्ताको पेन्ट खोल्न लगाएका हुन् । उनी पीडितलाई भेट्न भन्दै त्यहाँ पुगेका थिए ।

स्वघोषित महाराज सांसद साक्षीले आफूलाई मिडियाले फसाएको आरोप लगाएका छन् । उनले प्रहरीको हस्तक्षेप घटनाबाट आफू निकै दुःखी भएको बताए । आफूल घाइतेहरुको अवस्थाबारे जानकारी लिन चाहेको बताए ।

२०७३ चैत्र ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...