अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे एफबिआईले अनुसन्धान गर्दै

  • एजेन्सी, ८ चैत ।

अमेरिकी संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीले गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसले गरेको दखल बारेमा एफबिआईले अनुसन्धान गरिहेको पुष्टि गरेका छन् ।

कांग्रेसले अमेरिकी गुप्तचर निकायले गरिरहेको अुनसन्धानका सम्बन्धमा गरेको सुनुवाईको क्रममा एफबिआई निर्देशक कोमीले गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसी प्रभावका सम्बन्धमा अनुसन्धान गरिरहेको पुष्टि भएकाे याे पहिलो पटक हो ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप बारे प्रमाण फेला नपारेको कोमीले बताए । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन ह्याक गरेको आरोप लगाउँदै अाएपनि उनले यसबारे कुनै प्रमाण भने दिनसकेका छैनन ।

निर्देशक कोमीले कांग्रेसको इन्टेलिजेन्स कमिटिलाई एफबिआईले गरिरहेको अनुसन्धान सम्बन्धी प्रमाण पनि प्रदान दिएका छन् । ट्रम्प प्रशासनले राष्ट्रपति चुनावमा रुसले कुनै किसिमको दखल नदिएको बताउँदै आएको छ । ट्रम्प र रुसबिच पनि कुनै सम्बन्ध नरहेको ह्वाइटहाउसको दाबी छ ।

रुसले पनि आरोप अस्वीकार गर्दै आएको छ । ट्रम्पको चुनावी अभियान र रुसबिचको सहकार्यका विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए । कोमीले अनुसन्धान निकै जटिल रहेको भन्दै यो कहिलेसम्म सकिन्छ यकिन गर्न नसिकने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...