सरकारको परम्परागत तरिका, स्थानीय चुनावमा सेना परिचालन

  • काठमाडौँ १० चैत
गणतान्त्रिक सरकारले पनि स्थानीय निर्वाचनमा पुरानै तरिका अपनाउने भएको छ । संकटकालकै शैली अपनाउदै सरकारले यो पटकको निर्वाचनमा सेना परिचलान गर्ने निर्णय गरेको छ ।

सुरक्षा परिषद्को बुधबार भएको बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हाे। 

रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको जानकारी दिएका छन।

त्यस्तै राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...