मधेशी जनता पार्टी र लोकतान्त्रिक पार्टी नेपालबीच एकता हुदै


काठमाडौं, १२ चैत ।

मधेशी जनता पार्टी र लोकतान्त्रिक पार्टी नेपालबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ । 

मजपाका अध्यक्ष महेश कलवार र लोकतान्त्रिक पार्टीका अध्यक्ष जीवन साह लगायतका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकबाट उक्त गरिएको हो ।

शुक्रबार काठमाडौंमा बसेको बैठकमा दुवै पार्टीबीच एकीकरणको घोषणा चाँडै गर्ने निर्णय भएको छ । एकीकृत नयाँ पार्टीको अध्यक्षता कलवारले गर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार पार्टीको नाम र विधानका बारे छलफल भइरहेको छ ।

एकीकृत पार्टीले निर्वाचनको विरुद्धमा अभियान चलाउने अध्यक्ष कलवारले बताएका छन् । उनले सिद्धान्त र विचार मिल्ने अन्य दलहरुसँग पनि एकीकरण गर्ने बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...