रणजित रे दिल्ली फर्किएसंगै नयाँ भारतीय राजदूत काठमाडौंमा
- काठमाडाैं, १२ चैत्र ।
रणजित रे दिल्ली फर्किएसंगै नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्।
शनिबार बिहान काठमाडाैं ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जनाएको छ। सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ ।
राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्। निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए। आज काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।
नेपालमा रहेने भारतीय राजदुतहरूले बेलाबेलामा नेपालकाे राजनीतिमाथि अप्रत्यक्षरूपमा खेलेकाे राजनीतक विश्लेषकहरूले अाराेप लगाउदै अाएका छन् । नयाँ राजदुत सिंहले नेपाल भारत सम्बन्धलार्इ सकारात्मक उचार्इमा पुर्याउन पहल गर्लान या उनले पनि रञ्जित रेले जस्तै राजनीतिक चलखेल मात्रै गर्लान याे भने हेर्न बाँकी छ ।
प्रतिकृया दिनुहोस्
Loading...