भारतीय प्राेफेसरद्वारा राजदूत मञ्जिव सिंहको गाेप्य योजनाबारे गम्भिर खुलासा

  • काठमाडौं, १८ चैत ।
नेपालका लागि भारतीय राजदूतकाे जिम्मेवारी सम्हालेर भर्खरै काठमाडाैं अाएका मञ्जिव सिंह पुरी महिनादिन नपुग्दै एक पछि अर्को विवादमा तानिएका छन् ।

रञ्जित रेकाे कार्यकाल सकिएसंगै काठमाडाैं पुगेका पुरीले नेपालका शीर्ष नेताहरुसँग एक्ला एक्लै गाेप्य भेटघाट गरेर विवादीत बनेकाे केहिदिनमै उनकै देशका एक प्राेफेसरले अर्काे गम्भिर खुलासा गरेका छन ।


पुरीले हिन्दुराष्ट्र पुनः स्थापना गर्नेबारे नेपालमा खुलेरै लबिङ गरिरहेको नेपाल मामिलाका जानकार मानिने भारतीय प्रोफेसर सुख देउ मुनी (एसडी मुनी) ले गम्भिर खुलासा गरेका हुन्।

‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दु राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन ।' सामाजिक सञ्जाल ट्वीटरमार्फत एसडी मुनीले भनेका छन् । 
पुरीले मंगलबार राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्थानीय विकास मन्त्री कमल थापासँग पहिलो भेटबार्ता गरेका थिए । सिंहदरवारस्थित मन्त्री थापाकै कार्यकक्षमा भएको सो भेटघाटमा राजदुत पुरीले हिन्दु राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । तर एमाले अध्यक्ष अाेलीसंग उनकाे पहिलाे भेटवार्ता भएकाे भन्ने कुरा पनि वाहिर अाएकाे थियाे ।

थापासँगकाे भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश थापालाई सुनाएका थिए ।यस्ता विषयमा ‘अनावश्यक’ लबिङ गर्दै निवर्तमान राजदूत रेकाे रवैयालाई निरन्तरता दिएकाे राजनीतिक विश्लेषकहरूकाे विश्लेषण छ । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...