मतपत्र छपाईको काम अर्को हप्तादेखि सुरु हुदै, हँसिया हथौडा तेस्रोमा



काठमाडौं, ४ चैत ।

स्थानीय चुनावको लागि अर्को हप्तादेखि मतपत्र छपाईको काम सुरु हुदै छ । 

वैशाख ३१ गते हुने भनिएकाे चुनावका लागि शनिबारदेखि नै मतपत्छार छाप्ने योजना भएपनि आवश्यक तयारी नपुगेकाले आइतबार या सोमबारदेखि मतपत्र छपाईको काम सुरु हुने आयोगले जनाएको छ । 

मतपत्रमा ऐनले तोकेको मर्यादाक्रम अनुसार ३१ दलको चुनाव चिन्ह राखिनेछ । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलको मर्यादाक्रम तय गरिएको छ । 

यस अनुसार मतपत्रमा चुनाव चिन्ह राख्दा सुरुमा कांग्रेसको रुख, दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रपाको गाई हुने आयोगले जनाएकाे छ । 

दलहरुपछि स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह राखिने आयोगले जनाएको छ । यसपटक मतदातालाई अध्याधुनिक परिचयपत्र वितरण गर्ने आयोगको तयारी छ ।

यस्तै आयोगले आउँदो १० गते मतदान केन्द्रको टुंगो लगाउने छ भने २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...