काँग्रेस र मधेशीदलबीच सरकार निमार्णको तयारी हुदै

  • काठमाडौं, ६ चैत्र ।

नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली कांग्रेस र मधेशी दलबीच सत्ता समिकरण हुनसक्ने बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अबको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली कांग्रेस र मधेशी दलहरु बीच सत्ताको समिकरण देखापर्ने बताएका हुन्।

स्थानीय तहको निर्वाचनमा बैदेशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्ने र बाँकि रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने बताए।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए। सरकारमा सामेल दलदेखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केही गर्न नसकेको टिप्पणी गरे।

निर्वाचनको मुखमा जसरी स्थानीय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशी वा सत्तामा सामेल दलहरुले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको आरोप लगाए।

सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरूपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरि सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण निर्वाचन आयोगलाई काम गर्न दिनुपर्नेमा उनले जोड दिए।

धार्मिक सद्भाव कायम राख्न राजनीतिबाट धर्मलाई अगल राख्नुपर्ने भन्दै उनले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुनेसमेत बताए। निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने भन्दै पहिलो निर्वाचन गरिनुपर्ने र तत्पश्चात संशोधनको बिषयलाई संसद पेश गरि छलफल गरिनुपर्ने भन्दै बिभिन्न दलहरुले संशोधन राखेको उनले बताए।

प्रचण्डको चीन भ्रमण कांग्रेस र एमाओवादीको सत्तासाझेदारी सकिँदै गर्दा हुने लागेको र नेपालीले पनि यो भ्रमणमा केही नयाँ आश गरेको बताउँदै उनले सत्ता लम्बाउन समेत यो भ्रमणले सहयोग गर्न सक्ने बताए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...