अन्ततः बाबुरामको नयाँ शक्ति फुट्यो, समान्नातर राष्ट्रिय भेला भोलि

- काठमाडौं, १५ चैत ।
भक्तपुरको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा. बाबुरामले भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने बताए । उनले आफूले बाबुरामको कार्यशैलीको विरोध गरेकै कारण आफूलाई कारवाहीको डण्डा उठाएको बताए ।
भोलि बुधबार राष्ट्रिय भेला आयोजना गर्न गरिएको जानकारी दिँदै नेता भेला आयोजक समितिका संयोजक भट्टराईले ५२ जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी हुने बताए । सरकारले घोषणा गरेको स्थानीय चुनावमा सभागी हुने समेत भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । इमान्दार मिडियाले नयाँ शक्ति फुट्न लागेको समाचार यसअघि नै ब्रेक गरेकाे थियाे ।
याे पनि पढ्नुहाेस्
नयाँ शक्ति २६ गते फुट्ने, बिद्रोही समूहले बोलायो छुट्टै भेला
बाबुराम नेतृत्वको नयाँ शक्ति फुट्दै, समानान्तर पार्टी छिट्टै घोषणा हुने
प्रतिकृया दिनुहोस्
Loading...