१ सयबढी केन्द्रीय सदस्यहरूले आज नयाँ शक्ति छोड्दै, बाबुराम तनाबमा
- काठमाडौं, २६ फागुन ।
फुटको संघारमा पुगेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले बुधबार फुट्ने भएको छ । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा बिबाद हुँदा पार्टी फुटको संघारमा पुगेको हो ।
विशेष गरेर संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नजिकको साँठगाँठ गरेपछि नयाँ शक्ति पार्टीभित्र बिबादको बीउ रोपिएको थियो ।
स्रोतका अनुसार सो पार्टीमा प्रभावशाली अस्तित्व राख्न सफल निर्मल भट्टराईसहितका नेताहरूले बाबुराम भट्टराईको कार्यशैलीको विरोध थालेका हुन् । निर्मल भट्टराई समूहले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने अडान राख्दै आएको छ ।
निर्मल भट्टराई समूहले बाबुराम भट्टराईको एकलकाटे निर्णयविरुद्ध ‘एक्सन’ लिन आफ्नो समूहको बिहिबार(आज) गते राजधानीमा छुट्टै भेला बोलाएको छ ।
बाबुराम भट्टराईले उपेन्द्र यादवसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग नलिने र अराजनीतिक क्रियाकलाप गरेकाले निर्मल भट्टराई समूहले फागुन २६ गते राजधानीमा अलग भेला आह्वान गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालको बिद्रोही समूहमा १ सयभन्दा बढी केन्द्रीय पदाधिकारी र सदस्यहरू रहेको निर्मल भट्टराई समूहको दाबी छ । निर्मल समुहको यस प्रकारको निर्णयले बाबुराम तनावमा रहेको पार्टी उच्च श्रोतले इमान्दार मिडियालाई बतायो ।
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्
Loading...