‘नो डायल, नो रिसिभ’ भन्दै पूर्वमिस नेपालले जलाइन एनसेल सिमकार्ड

  • काठमाडाैं, १३ चैत्र ।

कर नतिरेको भन्दै नागरिक अगुवाहरुले एनसेललाई बहिस्कार गर्दै एनसेललाई जलाएका छन् ।

शनिबार ललितपुरको पाटनमा पूर्वमिस नेपाल सुविन लिम्बूले अाफू एनसेलविरोधी भन्दै एनसेलले कर नतिरको भन्दै अागो लगाएर सिमकार्ड जलाएकी छन् ।

‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ,एनसेल ३३ अर्ब तत्काल फिर्ता गर, ३३ अर्ब ल्याउँ फास्ट ट्रयाक आफै बनाउँ’ नारा लगाउँदै पूर्वमिस लिम्बूसँगै मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल, नागरिक अभियानका सदस्य हरिराम रिमाल र नयाँ शक्तिका नेता तथा सामाजिक अगुवा निर्मल भट्टराईले पनि एनसेललाई जलाए ।

लिम्बू सन् २०१४ की मिस नेपाल लिम्बूले एनसेलले हरेक नेपालीलाई ठगेको हुनाले सबै युवाले एनसेलको सीम चलाउन बन्द गर्नुपर्ने बताइन् । ललितपुरको पाटन दरबार क्षेत्रमा एनसेलको सिम जलाइएको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...