कम्युनिस्ट पार्टीले थबाङ महाधिवेशनका निर्णय आज नाचघरबाट सार्वजनिक गर्दै
- काठमाडौँ, १९ फागुन ।
कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार दिउँसो १ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले महाधिवेशनका राजनीतिक, सांगठानिक निर्णय सार्वजनिक गर्नुका साथै सरकारले घोषणा गरेको चुनाव सम्बन्धि पार्टीको औपचारिक धारणा राख्ने कार्यक्रम छ ।
फागुन १ गते काठमाडौँ उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र पाँचदेखि १० गतेसम्म रोल्पाको थबाङमा चलेको थियो ।
महाधिवेशनले मालेमावादलाई मार्गनिर्शेक सिद्धान्त मान्दै एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको छ । पार्टीको नाम समेत परिवर्तन गरेको छ ।
सरकार घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई विफल पार्ने नीति लिएको कम्युनिस्ट पार्टीले स्थानीय जनसत्ता र जनअदालत पुर्नगठन गर्ने घोषणा समेत गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...