कञ्चनपुर घटनाको विरोधमा कम्युनिष्ट पार्टीले निकाल्यो देशैभर मसालजुलुस, भोलि नेपाल बन्द

  • काठमाडौं, २७ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर भारतीय एसएसबीको हत्या-अातंकको विरोधमा यही फागुन २८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको अायोजना गरी कञ्चनपुरमा गोली हान्ने एसएसबीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

‘निर्दोस नागरिकलाई गोली ठोक्नेलाई कारवाही नगरे भारतीय दूतावास लाजिमपाटमा राख्ने नराख्ने जनताले सोच्न बाध्य हुनेछन्’ प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलनमा भने । उनले जनताको सहनशीलतालाई कमजोरीको रुपमा नठान्न चेतावनी समेत दिए ।

यस्तै स्वाे पार्टीले शनिबारकाे बन्द सफल पार्न शुक्रबार देशबर मसाल जुलुस निकालेकाे थियाे । उपत्यकासहित, पोखरा, विराटनगर, चितवन, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, बिरगंज, धरान र धनकुटा लाएतका सहरहरुसहित ७५ वटै जिल्लामा मसाल जुलुस निकालिएको प्रवक्ता प्रकाण्डले इमान्दार मिडियालाई जानकारी दिए ।

उनले भारतीय ज्यादतीको बिरुद्धमा आफ्नो पार्टीले गर्न लागेको बन्द सफल पार्न सहयोग गरीदिन सबै देशभक्त नागरिकहरुलाई अपिल समेत गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...