कम्युनिष्ट पार्टीको बन्दका कारण देशभरको जनजीवन ठप्प, काठमाडौंमा ३ गाडीमाथि तोडफोड, २ जना गिरफ्तार

  • इमान्दार मिडिया संवाददाता ।
नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर भारतीय एसएसबीको हत्या-अातंकको विरोधमा शनिबार नेपाल बन्दको घोषणा गरेको छ । बन्दका कारण देशभरको जनजीवन ठप्प बनेको छ ।

बन्दका कारण काठमाडौंबाट बाहिरिने लामो तथा छोटो दुरीका यातयात चल्न सकेका छैनन् भने उपत्यकामा खुल्ने विहानी पखका बजार व्यवसाय पनि बन्द छन् । 

यसैबीच बन्द कर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै  गोंगबु कलंकी मध्य वानेश्वरमा  गरि ३ वटा भारतीय नम्बर प्लेटका गाडीमाथि तोडफोड  गरेका छन्, २ जना बन्दकर्तालाई कलंकीबाटै प्रहरी पक्राउ गरेको छ ।

राजधानीको मध्य बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ ।

गोंगबुमा एच पी  ६४५०६६नम्बरको गाडीमाथि बन्द कर्ताले तोडफोड गरेका छन् भने यु पी ६५०६५ नम्बरको अर्को भारतीय गाडीामाथि  कलकीमा तोडफोड भएको छ ।

ताेडफाेडमा उत्रिएकाे भन्दै प्रहरीले अखिल क्रान्तिकारीका त्रिचन्द्र क्यम्पस ईकाई अध्यक्ष उशाकिरण र  सिटिइभिटीको जिल्ला सदस्य सन्तोश खडका पक्राउ गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...