घरेलु मैदानमा नेपालको सानदार जीत, केन्या ७ विकेटले पराजित
- इमान्दार मिडिया संवाददाता ।
केन्याले प्रस्तुत गरेको १ सय ५६ रनको नेपालले मात्र ३२.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।
कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरले शतकीय साझेदारी गरेपछि नेपालले सहज जीत हासिल गरेको हो । ज्ञानेन्द्र र दिपेन्द्रले १११ रनको साझेदारी गरे । तर, नेपालको शुरुवात भने राम्रो हुन सकेन । नेपालले दोस्रो ओभरमा नै १ रन बनाएका सुनिल धमलालाई गुमायो । त्यसपछि १४ रनको स्थितिमा ५ रन बनाएका सागर पुनलाई गुमायो ।
दुवैलाई एलिजा ओटिएनोले पभिलियन फर्काए । त्यसपछि भने ज्ञानेन्द्र र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको पारी सम्हाले । निकै आक्रमक ब्याटिङ गरेका दीपेन्द्रले २७.२ ओभरमा आउट हुनअघि ६२ रनको योगदान दिए ।
कप्तान ज्ञानेन्द्र मल्लले नट आउट रहँदै ६४ रन बनाए । शरद भेस्वाकरले छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा २४ रन बनाए । ११८ बल अघि नै नेपालले विजयी लक्ष्य हासिल गर्यो ।
यसअघि, केन्या ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो । कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ रनमा अलआउट गर्यो ।
आज नेपालका शरद भेषावकरले राम्रो बलिङ पारे सम्हालेका छन् । उनले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो । उनले ७ ओभर १ बलमा मात्र २८ रन दिएर ४ विकेट लिए ।
नेपालका लागि मेहवुव आलमले सुरूवाती दुई विकेट लिएपछि केन्याको इनिङ ध्वस्त हुन सुरु भएकाे थियाे । ।
त्यस्तै नेपालका अर्का भरपर्दा बलर बसन्त रेग्मीले २ र सागर पुन तथा सन्दीपले १/१ विकेट लिएका थिए ।
नेपालले एकदिवसीय क्रिकेटमा केन्यालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो ।
सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो ।
२०७३ फागुन ३० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...