एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा ( हेर्नुहोस् को परे को परेनन्)

  • काठमाडौं, २ चैत । 

एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

चैत १२ गतेदेखि सुरु हुने प्रतियोगितामा इमर्जिङ टिम्स कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद गौचन, बसन्त रेग्मी तथा फष्ट बलर सोमपाल कामीले नखेल्ने भएका छन् भने नियमित कप्तान पारस खड्काले स्वास्थ्य अवस्थाका कारण यसअघि नै इमर्जिङ कप नखेल्ने घोषणा गरिसकेका छन् ।

घोषित टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तान शरद भेषावकर छन् । त्यस्तै बिनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मेहवुव आलम, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने टोलीका अन्य सदस्यमा छन् ।

मोहम्मद आसिफ शेखले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने अभिनाश कर्णलाई सोमपालको स्थानमा ल्याइएको छ । 

त्यस्तै चार बैकल्पिक खेलाडीहरुमा भुवन कार्की, शुसान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् । कुशल भुर्तेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, सुशील कँडेललाई रिजर्भ प्लेयरको रुपमा टिममा बोलाइएको छ ।

आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेपाली टोलीको छनौट गरेका हुन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...