नेपाली सेनाबारे बोले विप्लव, यस्तो छ सनसनीपूर्ण धारणा

  • काठमाडौं, ३० फागुन ।
नेपाल कम्युनस्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदवादी पार्टीभन्दा नेपाली सेना राष्ट्रवादी भएको बताएका छन् । उनले संसदवादी पार्टी र नेताहरु दलाल भएको भन्दै उनीहरुसँग राष्ट्रिय भावना नभएको बताए ।

महासचिव विप्लवले एक पत्रिकालाई अन्तरवार्तामा दिँदै भनेका छन्, “दलालहरुमा राष्ट्रिय भावना हुँदैन । दलालहरुको काम भनेको विदेशीको हितमा काम गर्ने हो । नेपाली सेना भनेको देश बचाउने सेना हो ।” उनले दल दलाल र सेनामा राष्ट्रिय भावना भएकैले नेपाली सेना र दलहरुबीच अन्तरविरोध रहेको बताए ।

सामान्य अवस्थामा सेना सरकारको सुरक्षा नीति पालना गर्ने अंग भएपनि क्रान्तिको ज्वारभाटाको स्थिति सिर्जना भए त्यो सेना र राज्यबीचको सम्बन्ध भत्किने र सेना आफै अगाडि आउन सक्ने विप्लवले दाबी गरे । “जब क्रान्तिले ज्वारभाटाको स्थिति सिर्जना पर्दछ । तब सेना र राज्यबीचको सम्बन्ध भत्किन पुग्छ र सेना आफै पनि अगाडि आउँछ” विप्लवले भने ।

देश सरकार र दलहरुको नियन्त्रणमा नरहेको अवस्थामा नेपाली सेना जनता र प्रतिक्रियावादी सत्ताबीचको संघर्षमा अग्रपंक्तिमा आउने विप्लवले बताए । उनले राज्य जनताकाे विरुद्धमा जाने अवस्थामा सेनाले विद्रोहीको पक्षमा उभिनुपर्ने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...