७० वर्ष पुगेपछि पार्टीले मासिक भत्ता दिने विप्लवको उद्घोष

  • काठमाडौं, ५ चैत । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना पार्टीका बृद्ध नेतालाई जीवन निर्वाह भत्ता दिने भएको छ । जिन्दगी भरि राजनीति गरेका तर बृद्ध अवस्था पुगेका नेताहरुलाई सहज जीवन निर्वाहका लागि त्यस्तो भत्ता दिने निर्णय गरेको हो ।

सुरुमा उसले ७० वर्ष काटेका पार्टीका केन्द्रिय सल्लाहकार ईश्वरी दाहाल, चित्रबहादर आले रामलखनलाई त्यस्तो भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । 

नुवाकोटको थानसिंङमा पाँच दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले चैत्रबाट हुने गरी तीन जना नेतालाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको केन्द्रिय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनीहरुले अब मासिक रुपमा जनही पाँच हजार रुपैयाँ भत्ता पाउनेछन् ।

उमेर छँदासम्म राजनीति गरेका थुप्रै नेता बृद्ध अवस्थामा पुगेपछि जीविकोपर्जनको समस्यामा पदै आएका छन् । तर, अहिलेसम्म कुनै पनि पार्टीले त्यस्ता नेतालाई किटान गरेरै सुविधा दिने गरेको छैन ।

नेकपाले पार्टी संगठन विभागको जिम्मेवारी हेरफेर गरेको छ । बैकल्पिकसहित ६१ सदस्सीय केन्द्रिय समितिमा पाँच जनाको स्थायी समिति र १३ जनाको पोलिटब्युरो बनाउने निर्णय गरेको छ । यसअघि दशजना पोलिटब्युरो सदस्य रहेका कृष्ण अधिकारी,मोहन कार्की र चन्द्र बहादुर चन्दलाई थप गर्ने निर्णय भएको छ । नयाँ पत्रिकामा खबर छ–

,

प्रतिकृया दिनुहोस्

Loading...