भाइरल बन्यो बालकृष्ण ढुंगेलको कठोर भाषण, भन्छन् मलाइ मुद्दा लगाउनेको फिला चिरिदिन्छु (अडियोसहित)

सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाएर पटक पटक पक्राउ गर्न आदेश दिइएका ढुंगेलले गृह जिल्लामा उनलाई गरिएको एक बृहत नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै २० मिनेट लामो कठोर भाषण गरेका थिए।
उनले भाषण गर्ने क्रममा आफुले तरबार उदाएर बस्ने बताउदै सर्वोच्चका पुर्व न्यायायधिस कल्याणकुमार श्रेष्ठ,मन्त्रिपरिषद् पुर्व अध्यक्ष खिलाराज रेग्मीलगायत आफ्नो बिरुद्ध मुद्दा गर्ने, फैशला गर्ने र आफुलाई प्रकाउ गर्न आउने जो कोहीको फिला चिरिदिने धम्कि समेत दिएका थिए ।
उनले भनेका थिए। 'म कथित सर्बोच्च अदालतको आदेशमा आत्मसमर्पण गर्दिन बरु बलिदान तयार छु।' ढुंगेलले उल्टै कल्याणकुमार श्रेष्ठ,मन्त्रिपरिषद् पुर्व अध्यक्ष खिलाराज रेग्मीको बिरुद्ध जन अदालतबाट वारेण्ट जारी गर्ने बताएका छन् ।
ओखलढूंगाका बिभिन्न सामुदायिक बिद्यालय, गैर सरकारी संस्था, आमा समुह, राजनितिक दल तथा १७ वटा सामाजिक संघ सस्था र नागरिक अगुवाहरुले ढुंगेल निर्दोश भएका कारण अभिनन्दन गरेको बताएका छन् ।
२०५५ साल असार १० मा मारिएका उज्जन कुमार श्रेष्ठको हत्या अभियोग मुद्धामा उनलाई जन्म कैदको फैसला गरिएको छ । ओखलढुंगा निर्वाचन क्षेत्र नं २ का पुर्व सभासद ढुंगेल वारेण्ट जारीपछि अर्धभूमिगत छन् ।
सुन्नुहोस् भाइरल बनेको ढुंगेलको २० मिनेट लामो कठोर अडियो
हेर्नुहोस अभिनन्दन सभाका केहि तस्बिरहरु



प्रतिकृया दिनुहोस्
Loading...