मधेसी मोर्चाले लियो सरकारलाई दिएको समर्थन फिर्ता, २४ र २५ तराइ बन्दको घोषणा

  • काठमाडौं, २३ फागुन । 
एमालेको मेची-महाकाली अभियानका क्रममा सप्तरी जिल्लामा चार जनाको ज्यान जाने गरी भएको घटनाका विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिने मधेस बन्द आह्वानका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मधेसी मोर्चाको काठमाडौंको तीनकुनेमा सोमबार साँझ बसेको आकिस्मक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयको पत्र मंगलबार सभामुखलाई भेटेर बुझाउने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने छैन । सरकार ढल्नका लागि राप्रपाले पनि समर्थन फिर्ता लिनुपर्छ ।

सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका र प्रहरी ज्यादती भएको भन्दै मधेसी मोर्चाले २४ र २५ गते दुई दिन मधेस बन्दको आह्वान गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...