सप्तरी गोलीकाण्डप्रति विप्लवको कडा आपत्ती, दलाल संसदीय व्यवस्था फाल्न आव्हान
- काठमाडौं २४ फागुन ।
सोमबार सप्तरीमा भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै सप्तरीको राजविराज गोलीकाण्डप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बिज्ञप्तिमा भनिएको छ । 'एमालेले कथित मेची-महाकाली अभियान चलाउनु र मधेशवादी मोर्चाले क्षेत्रियता र जातीयताको राजनीति गर्दै दङ्ग भड्काउनुका कारणले प्रहरीले गोली चलाएर अनाहकमा नागरिकको ज्यान लिएको विषय मिकै दुखद् हो ।'
दलाल संसदीय व्यवस्था रहेसम्म जनतालाई फुटाउने र शासन चलाउने काम रहिरहने भन्दै यस्तो व्यवस्थालाई मिल्काएर बैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्न सबै देशभक्त कम्युनिष्टहरुसंग विज्ञप्ति मार्फत अपिल गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...