क्रान्तिकारी पत्रकार प्रज्वल नेपाल कम्युनिस्ट पार्टीको सुनसरी इन्चार्ज

  • काठमाडौँ ८ चैत ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिब कृष्ण कुमार श्रेष्ठ 'प्रज्वल' ले नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला  इन्चार्जको जिम्मेवारी पाएका छन् । 

हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकको भावअनुसार श्रेष्ठलाइ सुनसरी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

जनयुद्धका बेला जनमुक्तिसेनामा काम गरेका श्रेष्ठले २०६० सालपछि माओवादीले सञ्चालन गरेको रेडियो जनगणतन्त्रलगायत संचार क्षेत्रमा महत्वपूर्ण भूमिका कुशलता पुर्बक पुरा गरेका थिए । 

माओवादी शान्ति प्रक्रियामा आएपछि काठमाडौँको अनामनगरबाट सञ्चालित रेडियो मिर्मिरे ८९.४ को प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले सुनसरी जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठलाई मंगलबार रेडियो मिर्मिरेका नवनियुक्त प्रबन्ध निर्देशक पुष्पराज न्यौपानेलगायत स्टाफहरुले कार्य सफलताको शुभकामनासहित बिदाई गरेका छन् । 

हालै थवाङमा सम्पन्न कम्युनिष्ट पार्टीको आठौ महाधिबेशनले जिल्लामा इन्चार्ज र सेक्रेटरी प्रणालीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

श्रेष्ठ पार्टी जिल्ला इन्चार्ज सुनसरीको जिम्मेवारी लिएर गएपनि तत्कालका लागी क्रान्तिकारी पत्रकार संगठनको महासचिव भने यथावत रहने छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...