गोलीकाण्डपछि प्रधानमन्त्रीले काठमाडौँ झिकाए सप्तरीका सिडिओ र प्रहरी प्रमुख !
प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटनाका विषयमा जानकारी लिन गृहमन्त्री विमलेन्द्र निधिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाउन निर्देशन दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गृहमन्त्री निधिलाई फोन गरेर प्रमुख जिल्ला अधिकारी उद्धव तिमलसिना र प्रहरी प्रमुख दिवेस लोहनीलाई काठमाडौं आजै बोलाउन भनेका हुन् ।
सप्तरी घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग जानकारी लिएपछि पुनः पठाइने जनाइएको छ ।
सप्तरी घटनामा ४ जनाको ज्यान जानुका साथै दुई दर्जन बढी घाइते भएपछि मधेसी मोर्चाले सरकारको कडा आलोचना गर्दै आफ्नो समर्थन समेत फिर्ता लिइसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...