एमालेको सभा स्थल राजविराज मधेशी मोर्चाको कब्जामा

  • काठमाडौं, २३ फागुन। 
प्रमुख विपक्षी दल नेकपा एमालेले मेची–महाकालि अभियान अन्तर्गत कार्यक्रम गर्ने भनेको सभा स्थल सप्तरीको राजविराज विहानैदेखि मधेसीमोर्चाका कार्यकर्ताले कब्जामा लिएका छन् ।

मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि सडकमा नारावाजी र प्रदर्शन जारी राखेका छन् भने राजमार्गमा गाडीहरुसमेत न्युन चलेका छन् ।

विहानै लाठी जुलुश प्रदर्शन गरीरहेका मोर्चाका कार्यकर्ताले एमालेलाई प्रवेश निधेषको समेत घोषणा गरेको बताइएको छ ।

यता एमालेले राजविराजचोकमा यसभन्दा अघि गर्ने भनेको कार्यक्रम सारेर औधोगिक क्षेत्रमा लगेको छ । मोर्चाको चक्काजामका कारण राजविराजको अवस्था सामान्य छैन । 

,

प्रतिकृया दिनुहोस्

Loading...