भारतीय दुतावासलाइ नेपालबाट लखेट्ने नेता सन्तोष बुढाको चेतावनी (भिडियोसहित)


  • काठमाडौँ २७ फागुन  ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सन्तोष बुढामगरले नेपालस्थित भारतीय दुतावासलाई नेपालबाट लखेट्ने चेतावनी दिएका छन् ।

बिहिबार कञ्चचनपुरको पुनर्वास स्थित आनन्द बजारमा नेपाली नागरिक गोविन्द गौतमको भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले हत्या गरेपछि नेता बुढाले यस्तो चेतावनी दिएका छन्।

काठमाडौँ स्थित भारतीय दूतावासले आफ्नो गोविन्दको हत्यामा आफ्नो एसएसबी संलग्नता नभएको भन्ने गैरजिम्मेबारपूर्ण अभिव्यक्ति दिएको भन्दै नेता बुढामगरले उअस्तो कडा चेतावनी दिएका हुन् ।

कञ्चचनपुर घटनाको बिरुद्ध कम्युनिष्टले आयोजना गरेको नेपालबन्दको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौँको भारतीय दुतावासअगाडि आयोजित विरोध कार्यक्रममा बोल्दै बुढामगरले गौतमका हत्यारालाई तुरुन्त कार्वाही गर्न भारत सरकारसंग माग गरेका छन् ।



त्यस्तै नेता बुढामगरले गौतमको हत्यारालाई भारत सरकारले तुरुन्त कार्वाही नगरे हत्यारालाई आफ्नो पार्टीले जनताको सहयोगमा कार्वाही गर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले शान्तिबाटिकाबाट र्याली सुरु गरी जमल, लैनचौर हुँदै भारतीय दुतावासअगाडि पुगेर कोणसभा गरेका थिए ।

भिडियो हेर्नुहोस 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...