स्ववियु चुनाव हारेपछि नेवि संघ नेतृले गरिन् आत्महत्या


स्याङ्जा १९ फागुन । 

स्ववियु अध्यक्षमा हारेपछि नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् ।

बुधबार भएको स्ववियु चुनावमा २० वर्षीया रिमाले अध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । आफ्नो घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको ‘सुसाइड नोट’ पनि भेटिएको छ । उनले उक्त नोटमा चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेको जनाइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...