अमेरिकी राष्ट्रपतिको आरोप संसदबाट अस्वीकृत



वासिंटन, ४ चैत । 

अमेरिकी सीनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन ट्यापिङ गराइएको भन्ने आरोप अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए ।  सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको हो।

ट्रम्प टावरमा चुनाव पूर्व र पछि पनि कुनैखाले निगरानी गरिएको फेला नपरेको सीनेटको जासूसी मामला हेर्ने कमिटीका अध्यक्ष रिपब्लिकन सीनेटेर रिचर्ड बरले प्रष्ट गरे ।

यसअघि प्रतिनिधिसभाका सभामुख पल रायनले पनि फोन ट्याप गरिएको कुरा सत्य नभएको बताइसकेका थिए ।

पूर्व राष्ट्रपति ओबामा र उनको प्रशासनले पनि फोन ट्यापिङको आरोप अस्वीकार गरिसकका छन् । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...