एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान

- काठमाडौँ, १० जेठ ।
नेपाल वायुसेवा निगमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ ।
सम्बद्ध स्रोतका अनुसार कलसाइन ९ एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको हो । यो जहाज गत माघ १३ गते काठमाडौँ आएको थियो ।
‘नयाँ वाई १२–ई जहाज पाइलट नभएर उडाउन सकिएको छैन,’ स्रोतले भन्यो, ‘नयाँ एमए–६० मा प्राविधिक समस्या आयो ।
‘वारेन्टी अवधि बाँकी भएका कारण बिग्रिएको सामान झिकेर चीन पठायौँ र उताबाट निःशुल्क सामान आएपछि शुक्रबारबाट नियमित उडान हुनेछ,’ स्रोतलाई उद्धृत गर्दै भनिएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...