विप्लव अाउ सीमा बचाउँ भन्दै कैलाली-कञ्चनपुरमा नारा घन्कियो !

  • इमान्दार मिडिया संवाददाता।
कञ्चनपुरमा भारती सुरक्षा बल (एसएसबी)ले विना कारण गोली चलाउदा एक नेपालीको मृत्यु भएसँगै यहाँको वातावरण तनावपूर्ण अवस्थामा पुगेको छ ।

नेपालीले अाफ्नो भूमीमा बनाएको कलभर्ट भारतीय सीमा सुरक्षा बलले जबर्जस्त भत्काउन शुरुगरेपछि झडप सुरु भएको हो । 

एसएसबीले अन्धधुन्दा गोली चलाएको र गोली लागेर पुनर्वास–८ माछापुछ्रेटोलका गोविन्द गौतमको मृत्यु भएको छ भने सुरक्षाको नेपाल तर्फबाट सशस्त्र र जनपथका प्रहरी निरीक्षसहित दर्जन नागरिक घाइते भएका छन् ।

यही विरोधमा कैलाली र कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा युवाहरुले प्रदर्शन गरेका छन् । कैलालीको धनगढी,अत्तरिया,लम्कीलगायतका ठाउँमा मशाल जुलुससहित युवाहरुले प्रदर्शन गरेका छन् । त्यसैगरी घटनाबाट अाक्रोसित बन‍ेको कञ्चनपुरमा पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

नेपाली भूमीमा अाएर गोली हानेर नेपालीको हत्या गर्दा समेत सरकारले केही नबोलेको भन्दै युवाहरुले सरकारको राजिनामा मागेका छन् । उनीहरुले ‘विप्लव अाउँ, सीमा बचाउँ’,दलाल सरकार राजिनामा दे भन्दै प्रदर्शन गरेका छन् ।

योसँगै सुदूरपश्चिमका ९ ओटै जिल्लामा पनि घटनाको विरोधमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीले एक दर्जन भारतीय गाडीहरुमा तोडफोड गरेका छन् ।

यता काठमाडौं सहित देशभर आज भारतीय ज्यादती बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

२०७३ फागुन २७ गते प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...