पत्रकार महासंघमा क्रान्तिकारी पत्रकारहरुद्वारा अनिश्चितकालीन तालाबन्दी

- दिया चन्द ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा बुधबार (आज) दिउँसो विरोधसहित धर्ना–जुलुस गरेका पत्रकारहरुले आजै साँझ महासंघको कार्यलयमा तालाबन्दी गरेका हुन् ।
क्रान्तिकारी पत्रकार सङ्गठनको नेतृत्वमा केन्द्रीय कार्यालय संचारग्राममा पुगेको पत्रकारहरुको टोलीले महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।
नयाँ सदस्यता वितरणमा इमान्दार पत्रकारलाई निषेध गरेर केही पार्टीको भर्ती केन्द्र बनाईएको, सदस्यता सुद्धिकरण गर्नु, गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने, दलीय सिन्डिकेटको अन्त्य गरिनु पर्ने लगायतका माग राखि तालाबन्दी गरिएको संगठनका उपाध्यक्ष दिपेन्द्र रावलले बताए ।
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्
Loading...