कञ्चनपुर घटनाबारे नेपाल प्रहरीले खोल्यो यस्तो गम्भीर रहस्य !

  • काठमाडौं, ३ चैत्र ।

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ ।

कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको झडपमा नेपाल प्रहरीका असईको पेस्तोल हराएको दाबी घटना भएको सात दिनपछि नेपाल प्रहरीले गरेको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। प्रहरीका अनुसार हराएको पेस्तोल अझै फेला परेको छैन । 

गत बिहीबार कञ्चनपुर पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल हराएको प्रहरीले दाबी गरेको छ । 

एक साताअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ भने उनको हत्या आफ्ना सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । 

प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमिन्द्र देउजाले बताए । पेस्तोलमा ७ राउन्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाइ छ । ‘हुलदंगाका क्रममा असई भट्टको पेस्तोल हराएको छ, त्यसमा सात राउन्ड लोडेड म्यागेजिन थियो, त्यसको खोजबिन भइरहेको छ', डीआईजी देउजाले भने । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टको पेस्तोल झडपका क्रममा हराएको दाबी गरिएको हो । 

क्षेत्रीय प्रहरी कार्यालय दिपायलले पेस्तोल हराएको भन्दै असई भट्टमाथि अनुसन्धान सुरु गरेको छ । घटनाको दिन भारतीय सुरक्षाकर्मीले सात राउन्ड फायर गरेको थियो जसमध्ये एक गोली नेपाली नागरिक गोविन्द गौतमलाई लागेको थियो । घटना भएको भोलिपल्ट भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश द्वीपले गौरीफन्टामा नेपाली मिडियालाई प्रतिक्रिया दिँदै घटनामा भारतीय प्रहरीले फायर नखोलेको तर नेपाल प्रहरीको हतियार ‘मिसिङ' भएको बताएका थिए । 

उनले नेपाल प्रहरीले गोली चलाएको दाबी गरेका थिए । आनन्द बजार आसपासको ५६ किलोमिटर भारतीय सीमा क्षेत्रको जिम्मा पाएका भारतीय सीमा सुरक्षा बल एसएसबीको ४९ बटालियनका कमान्डेन्ट दिलबाग सिंहले पनि घटनाको दिन भारतीय सुरक्षाकर्मीले फायर नखोलेको दाबी गरेका छन् । 

‘हाम्रो तर्फबाट कुनै फायर भएको छैन, नेपाल प्रहरीको हतियार हराएको खबर आएको छ, तपाईंको देशमा धेरै मानिसले हतियार चलाउन जानेका छन्, नेपाल प्रहरीको हतियार कसैको हातमा परेर, तिनीहरूले नै चलाए कि ? ' कमान्डेन्ट दिलबाग सिंहले भने । हतियार हराएको सात दिनसम्म पनि खोजबिनका लागि नेपाल प्रहरीले कुनै समिति गठन गरेको छैन । ‘छिट्टै हतियार खोज्न समिति गठन हुनेछ', डीआईजी देउजाले भने । 

उनले सुरुमा कञ्चनपुरको तनाव, त्यसपछि एमालेको मेची-महाकाली अभियानका लागि सुरक्षा व्यस्थापनका कारण छानबिन समिति गठन हुन नसकेको बताए । 

,

प्रतिकृया दिनुहोस्

Loading...