प्रधानमन्त्रीद्वारा चीन भ्रमणका विषयमा पूर्वप्रम तथा विज्ञसँग छलफल
- काठमाडौं, १० चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाफ्नाे चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा बिहीबार बिहान पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेका हुन् ।
छलफलमा सहभागीले प्रधानमन्त्री दाहाललाई चीनसँग विगतका सम्झौता कार्यान्वयन गर्ने विषयमा जोड दिन सुझाव दिएका छन् । छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण दुई देशको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्व मन्त्रीहरु डा. रामशरण महत, रमेशनाथ पाण्डे परराष्ट्र मामिलाका जानकार तथा व्यवसायीहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा, चन्द्र ढकाल लगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीबार राति चीनको बोआओतर्फ जान लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...