चीन भ्रमणबाट फर्केका प्रचण्डले विमानस्थलमै गरे मधेसी दल चुनावमा अाउने दाबी !
- काठमाडाैं, १६ चैत ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै चीनले सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् भन्ने चाहेको बताए । उनले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुने समेत बताए ।
चीन भ्रमणले आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको जानकारी दिए ।
प्रधानमन्त्री दाहाल चीनको हैनान प्रान्तमा सम्पन्न बोआओ सम्मेलनमा भाग लिन गत बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । बोआओ सम्मेलनमा भाग लिए लगत्तै प्रधानमन्त्री दाहालले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिन फिङसँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...