पोखरामा भेटिएको बम सेनाको टोलीद्दारा डिस्पोज

  • आश तमु ।
  • पोखरा, २८ फागुन। 

पोखराको बिजयपुरमा भेटिएको बम नेपाली सेना काली भन्जाङ गण एयरपोर्टको टोलीले डिस्पोज गरेको छ।

सनिबार दिउँसो २ बजे पोखराको बिजयपुरमा अज्ञात संकास्पद वस्तु भेटीएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए। 

लगत्तै  बिजयपुर व्यारेकबाट अाएकाे नेपाली सैनिकले पुललाई वारी र पारीबाट शुरक्षा दिएको थियो। त्यसपछि काली भन्जाङ गणको बम डिस्पोजल टोलीले पुलवाट अलि पर खोलामा लगेर उक्त बम डिस्पोज गरेको हाे।

बम भेटिए पछी सवारी साधन आवतजावतमा १ घण्टा अबरोध भएको थियो। बम कस्ले राखेको भन्नेबारे अनुन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



,

प्रतिकृया दिनुहोस्

Loading...