प्रहरी हबल्दार नै चोर, छोरीको विहेका लागि राखेकाे दुई लाख झ्वाम

  • जनकपुर, १५ चैत ।

जनताकाे सुरक्षार्थ खटिएका एक प्रहरी हबल्दारले भारतीय नागरिकको दुई लाख रुपैयाँ झ्वाम पारेका छन् । 

जनकपुरका प्रहरी जवान धर्मेन्द्र पाशवानले मंगलबार दिउँसो भारत मधुवनी जिल्ला ग्राम पञ्चायत कल्नाका जिवछ यादवको दुई लाख रुपैयाँ लुटपाट गरेका पिडितले बताएका छन् ।

यादव छोरीको बिबाहको लागि लिएको ऋण जनकपुरका सुरेन्द्र साहु भन्ने व्यक्तिलाई तिर्न साइकलमा आउँदै गर्दा जनकपुरको हनुमाननगर स्थित बाटोबाट हबल्दार पाशवानले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार लुटपाट गरेको रकमसमेत बरामद गरी हबल्दार पाशवानलाई हिरासतमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । 

घर धनुषाको अकौराका घर भइ प्रहरी हबल्दार पाशवानको दरबन्दी मकवानपुरको हेटौडा गणमा रहेको र उनी ६ महिनाका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा थप मद्धतका लागि काजमा आएको जनाएको छ ।  प्रहरी हबल्दार पाशवान माथि चोरी मुद्दा चलाउने तयारी भइरहेको श्रोतले जनाएको छ ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...