नेपालमा तत्काल राज्यको विकल्प चाहिएको छ : विप्लव

- इमान्दार मिडिया संवाददाता ।
पार्टीको रोल्पा थवाङमा हालै सम्पन्न आठौ महाधिवेशनबाट पारित निर्णय सार्बजनिक गर्न पार्टीले काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवले यस्ताे बताएका हुन्।
सरकारले आगामी बैशाख ३१ गतेको लागि घोषणा गरेको चुनाव अर्थहीन भएको बताउँदै यसले जनताको अधिकार थप खोस्नेबाहेक केही नहुने उनकाे भनार्इ छ ।
‘दलाल–पुँजवादीको इरासामा जनतालाई कुल्चन गरिने चुनावले प्रचण्डलाई नै सिध्याउँछ, हामीलाई कुल्ने सपना नदेखे हुन्छ ।’ महासचिव विप्लवले भने ‘प्रचण्डले बोकेर आउने संसदीय चुनावले उनैलाई सिध्याउनेछ ।’
देशमा समानान्तर सत्ता चलिरहेको अवस्था सरकारले एक पक्षीय रुपमा गर्न लागिएको चुनाव विफल हुने उनले बताए । प्रचण्डले तानाशाही र फासिष्ट तरिकाबाट चुनावको कार्यक्रम ल्याएको उनको भनाई छ ।

‘जनयुद्धकालमै तीन पटकसम्म फालिएको चुनाव बोकेर प्रचण्ड सरकारको तहबाट आएका छन् । हामीलाई कुल्चेर चुनाव लादेर बढ्ने सोच उनले राखेका छन् । तर उनलाई चुनावले बचाउन छैन ।’ उनले थप भने– ‘हामी जस्तोसुकै परिस्थिति सामना गर्न तयारै छौं ।’
महाधिवेशनले जनसत्तालाई देशभर सुदृढ पार्ने, वैदेशिक रोजगारी नाममा नेपाली युवा–युवतीलाई विदेशमा तस्कर गरिरहेकाविरुद्ध संघर्ष गर्ने, दलाल, तस्कर, भ्रष्टाचारीहरुमाथि सख्त कारवाही, देशलाई पराधीन बनाउने भारतसँगका १९५० लगायत सन्धि खारेज गर्नुपर्नेलगायत समसायिमक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको थियो ।

आफनो पार्टीको नेतृत्वमा शासन व्यवस्था आएमा आठ–दस वर्षमा उथलपुथलकारी परिवर्तन ल्याई नागरिकको जीवन समृद्ध हुने बताए । संसदीय व्यवस्थाले देशलाई द्वन्द्व, अस्थिर तथा अराजकतामा लैजाने उनको भनाई छ ।
सबै दलाल पूँजीवाद जनतालाई ओरोलोतर्फ डोहो¥याउने रोग भएको बताउँदै देशभक्त र राष्ट्रवादीहरु महाधिवेशनबाट पारित एकीकृत जनक्रान्तिको कार्यदिशामा एकतावद्ध भई त्यसिविरुद्ध लड्नुको विकल्प नरहेको उनले बताए ।

विप्लवले पार्टीका नेताहरुको नीजि जीवनको अन्त्य हुनुपर्ने बताएका छन् । पार्टीले ईमान्दार कार्यकर्तालाई पुरस्कृत गर्ने, जिन्दगीभर आन्दोलनमा भाग लिने नेता कार्यकर्तालाई भरणपोषणको ग्यारेन्टी गर्ने तथा देशभर सहिद पार्क निर्माण गर्ने पनि उद्घाेष गरे ।
महाधिवेशनले भारत, पेरुका शासकले बन्दी बनाइएका त्यहाँका कम्युनिष्ट पार्टीका सयौं क्रान्तिकारी नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ । महाधिवेशन गत फागुन १ गते काठमाडौंमा उद्घाटन भई फागुन ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...