समाजवादी फोरमले गर्यो नाकाबन्दीमा आन्दोलनकारीलाई भात खुवाउने, भारतीयलाई सम्मान

  • वीरगञ्ज ७ चैत । 
स‌घीय समाजवादी फोरम नेपालले मदेश आन्दोलन र नाकाबन्दीको बेला सिमा क्षेत्रमा आन्दोलनरत आन्दोलनकारीलाई भात खुवाउने भारतीय व्यापारीलाई सम्मान गरेको छ।

आन्दोलनकारी नेता कार्यकर्तालाई भात खुवाएका भारत रक्सौलका व्यापारी एवम् भारतीय जनता पार्टीका नेता महेश अग्रवाललाइ फोरम नेपाल पर्साले पोखरीयामा आइतबार  सम्मान गरेको हो।

फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जिल्लाका अध्यक्ष प्रदीप यादवलगायतका नेताले अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। 

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेस आन्दोलन ताका नाकामा एक सय ३४ दिनसम्म धर्नामा बसेका मधेसी आन्दोलनकारीलाई बिहान र बेलुकीको भात खुवाएर आन्दोलनलाई निर्णायक बनाउन सहयोग गरेको भन्दै सम्मान गरिएको बताएका छन् । 

त्यस्तै संघिय समाजवादी फोरम नेताहरुले मधेस आन्दोलनमा उनले गरेको सहयोग र समर्थन मधेसी जनताले सदैव सम्झिरहने भन्दै अग्रवाल आफूहरुका लागि भगवान सरह भएको बताएका छन्। 

मधेस आन्दोलन ताका भएको एक सय ३४ दिनको नाकाबन्दीमा धर्नामा बसेका मधेसी नेता कार्यकर्तालाई अग्रवालले रक्सौलमा मेस चलाएर खाना र खाजा खुवाएका थिए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...