साझा र विवेकशील नेपाली पार्टी मर्ज हुने

  • काठमाडौँ १ चैत । 
सराजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रवीन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । 

अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको भन्दै उनले साझा पार्टी खोलेर त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटिरहेका छन् । तुलनात्मक रुपमा यसलाई बुद्धिजीवीहरुले सकारात्मक ठानेका छन् ।

पार्टी स्थापनाको सुरुमा उनले अर्को पार्टीसँग मर्ज गर्ने सम्भावना बढेको छ । तीन वर्षअघि स्थापना भएको विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकीकरणका लागि वार्ता अघि बढेको स्रोत बताउँछ ।

विभिन्न क्षेत्रका स्थापित युवाहरु मिलेर स्थापना भएको विवेकशील पार्टीले दोस्रो सविधानसभा निर्वाचनमा भाग लिइसकेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...