के गर्दैछन् प्रधानमन्त्री चीनमा ? के-के छन् कार्यक्रम
- बेइजिङ १२ चैत।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला साताव्यापी चीन भ्रमणमा छन् । बोआओ सम्मेलनमा भाग लिन बिहिबार राती चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल यतिबेला विभिन्न कार्यक्रममा व्यस्त छन् ।
हाल चीनको हेइनानमा रहेका प्रधानमन्त्री दाहालले बिहान गोन्जावमा रहेका नेपालीहरुसँग भेट गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा चासो राखेका थिए ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले त्यहाँ रहेका नेपालीहरुको समस्या समाधानका निम्ती सरकारले गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
त्यसपछि प्रधानमन्त्री दाहाल सहितको भ्रमण टोलीले थाङ्का अवलोकन गरेका थिए । भ्रमण दलले त्यहाँ रहेको चिनियाँ कलाको अवलोकन गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यी कार्यक्रमपछि प्रधानमन्त्री दाहालले शुक्रबार उच्चस्तरीय भेटघाट गरेका छन् । प्रधानमन्त्री दाहालले अपराह्न चिनियाँ स्टेट काउन्सिलर तथा उपप्रधानमन्त्रीसँग भेट वार्ता गरेका हुन् ।
शुक्रबार दिउँसो २ बजेदेखि भएको भेटमा प्रधानमन्त्री दाहालले दुई देशबीच लामो समयदेखीको सुमधुर सम्बन्ध रहेको औंल्याउँदै आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्दत पुग्ने बताए ।
प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रति नेपालको सँधै पूर्ण समर्थन रहेको बताए । प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्दै भूकम्पपछिको पुनःनिर्माणमा चीनको भुमिकाप्रति धन्यवाद व्यत्त पनि गरे ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पनि उपस्थित थिए ।
प्रधानमन्त्री दाहालले हेइनानस्थित बोआओ सम्मेलनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्नेछन् भने शनिबारनै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...