एसएसबीले नेपालीको हत्या गरेपछि यस्तो कडा आयो विप्लवको विज्ञप्ति



  • काठमाडौँ २६ फागुन ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको आनन्द बजार क्षेत्रमा गोलि हानेर स्थानीयको हत्या गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द 'विप्लव'ले कडा आपत्ति जनाएका छन्।

भारतीय हस्क्षेप, हत्या र आतंकको विरोधमा पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकहरुमाथि एसएसबीले गरेको ज्यादतीको कडा आपत्ति जनाएका हुन् ।

घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन

त्यस्तैे नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर घटनाको विरुद्धमा काठमाडौँको शान्तीबाटिकामा बिहिबार साँझ ५ बजे बिरोध प्रदर्शनको तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले विरोध प्रदर्शनमा सहभागीताको लागि सबैलाई अाग्रह समेत गरेको छ ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर कञ्चनपुरको पुनर्वास- ८ माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मृत्यु भएको थियो ।

विरोधमा उत्रेका स्थानीयमाथि एसएसबीले अन्धाधुन्ध गोली चलाउँदा सशस्त्र प्रहरीका जवानसहित अाधा दर्जन घाइते भएका थिए।



, , ,

प्रतिकृया दिनुहोस्

Loading...