बालुवाटारमा एमालेसहित ३ दलको शीर्ष बैठक जारी

  • काठमाडौं, २५ फागुन । 
सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा मधेसी मोर्चाको माग र तराईको अवस्था एवम् स्थानीय निर्वाचनका विषयमा छलफल हुने बुझिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...