प्रहरीसँगको झडपपछि कमल थापाले लिए प्रचण्डको सातो, दिए सरकार छाड्ने चेतावनी

  • काठमाडौं, ७ चैत । 

कान्तीपथमा नेपाल प्रहरीले राप्रपाका नेता कार्यकर्तामाथी लाठीचार्ज गरेपछि उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर साताे लिएका छन् ।

पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाइएको विरोधमा सोमबार दिउँसो निर्वाचन आयोग अगाडि प्रदर्शन गरिरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेपछि आपूर्ति मन्त्री दिपक बोहरासहित अपराह्न बालुवाटार पुगेका मन्त्री थापाले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएको भन्दै यस्तै अवस्था रहे सरकार छाड्ने चेतावनी दिएका हुन् ।

आफूहरुले गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको र आफ्ना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै थापाले निर्वाचन आयोगले गैरसंवैधानिक रुपमा आफ्नो विधानमाथि हस्तक्षेप गरेको र उल्टै गृह प्रशासनले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने भएपछि सरकारमा किन बस्ने ? भनी प्रश्न गरेको स्रोतले बतायो ।

निर्वाचन आयोगले निर्णयमा पुनर्विचार नगरे केही दिनमै सरकारबाट बाहिरिने चेतावनी दिँदै थापाले अगाडि भने– ‘निर्वाचन आयोगको असंवैधानिक र तानाशाही निर्णयको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । म सरकारमा उपप्रधानमन्त्री छु, मेरै नेतृत्वमा भएको शान्तिपूर्ण कार्यक्रममा यस्तो हस्तक्षेप हुन्छ भने सरकारी सरकारमा बस्न सकिन्छ ? हामी निर्वाचन गराउन सरकारमा आएका हौं । तर, जब हामीलाई नै निर्वाचनमा जान रोकिन्छ भने सरकारमा बसेर जागिर खानुछैन् ।’

नेता कार्यकर्तामाथि बल प्रयोग भएपछि सिंहदरबारबाट सिधै आएर आफै निर्वाचन आयोग अगाडि धर्ना बसेका उपप्रधानमन्त्री थापा वीर अस्पतालमा उपचार गराइरहेका घाइते नेता तथा कार्यकर्तालाई भेटेर बालुवाटार पुगेका थिए । 

प्रहरीसँग कान्तिपथमा साेमबार भएकाे झडपमा राप्रपाका दर्जनबढि नेता कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा राप्रपाका पुर्व अध्यक्ष एवः वरिष्ट नेता पशुपती समशेर राणा, केहि समय अगाडी पार्टी प्रवेश गरेर केन्दिय सदस्य बनेकी काेमल अाेली लगाएत अन्य कार्यकर्ता छन् । 


, ,

प्रतिकृया दिनुहोस्

Loading...