प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, चार दल अपरान्ह बालुवाटार पुग्दै
- काठमाडौं, १८ फागुन ।
अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी स्थानीय तह चुनाव र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले पछिल्लो पटक स्थानीय चुनावपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको योजना छ ।
तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान लिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...