प्रचण्डले माओवादी संसदीय दलको बैठक डाँकेर भने - म चीन भ्रमण जाँदैछु

  • काठमाडौँ, १० चैत्र ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, स्थानीय निकायको निर्वाचन, संसद्को चालु अधिवेशन र चीन भ्रमणबारे पार्टीकाे संसदीय दललाई जानकारी गराएका छन् ।

बिहिबार सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयौं विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नुपर्नाको कारणबारे जानकारी दिएको बताइएकाे छ ।

बैठकले केही समयअघि सप्तरी र कञ्चनपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेकोछ ।

संसदीय दलले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे प्रदेश संयोजक र संसदीय समितिले सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले बताइन । 

प्रचण्ड नेतृत्वकाे टोली बिहिबार साँझ एकसाता लामो चिन भ्रमणमा जाँदैछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...