मधेसका चार ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैन्ः एमाले नेता अधिकारी
- भक्तपुर, २३ फागुन।
नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुईचार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन् ।
रफत सञ्चार क्लवको कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची–महाकाली अभियान थालेको अधिकारीले तर्क गरे ।
संसदको विकास समितिका अध्यक्ष समेत रहेका अधिकारीले एमालेलाई विकास विरोधी भन्नेहरुलाई प्रमाणीत गर्न चुनौती दिर्दै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताए ।
एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाले अभियान बिथोल्न लागिपरेको अधिकारीले बताए । संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेशी मोर्चा पनि सहभागि हुने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...