काँग्रेस नेता शाहका हत्यारालार्इ २४ घण्टाभित्र समात्ने प्रहरीकाे दाबी, अनुसन्धानका लागि ८ जना पक्राउ

  • जाजरकोट, १६ चैत । 

भिरबाट फालेर विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका युवा नेता रवीन्द्र शाहका हत्यारालार्इ २४ घण्टाभित्र समात्ने प्रहरीले दाबी गरेकाे छ ।


शाहसंगै बेलुका घुम्न हिडेका पाँचतारा युवा संरक्षक मञ्चमै कार्यरत कार्यक्रम संयोजक हिटलरसिंह राठौर र अन्य कर्मचारीहरु किरण थापा, फणिन्द्र सुनार, भीमबहादुर खत्री, नरबहादुर पुन, दिपेन्द्र शाही सूर्यप्रकाश बिक, सुशील शाही, ठगेन्द्रबहादुर सिंह र रुकुम चौरजहारी नगरपालिकाका बालकृष्ण बुढाथोकी ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

हत्यारालाई पत्ता लगाई कडा कार्बाहीको माग गर्दै आज जाजरकोट सदरमुकाम बन्द गरिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...