राजेन्द्र महतोको सदभावना फुट्दै, एक दर्जन नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा
- रौतहट, १७ चैत ।
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीपनि फुटकाे नजीक पुगेकाे छ ।
सबै मधेशी दलहरुबीच एकताको चर्चा चलिरहेको बेला महतो नेतृत्वको सदभावना पार्टीमा भने बिद्राेह भएकाे हाे ।
सदभावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसहित करिब एक दर्जन नेता कार्यकर्ताले पार्टीको कुनै पनि पदमा नरहने गरी सामुहिक राजीनामा दिएका हुन् ।
सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले परिवारवाद तथा जातिवादी विचारधारबाट आफ्नै मनोमानी तरिकाले पार्टी सञ्चालन गरेको उनीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस्
Loading...