रगत अभावको विषयलार्इ मध्यनजर गर्दै क्रान्तिकारीले गर्यो रक्तदान

  • इमान्दार मिडिया संवाददाता ।
  • काठमाडाैं, २ चैत्र ।

क्रान्तिकारी विद्यार्थीहरुले काठमाडौंमा रक्तदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) उपत्यका समिति अन्तर्गत सरस्वती बहुमुखी क्याम्पसले बुधबार ठमेलमा रक्दान कार्यक्रमकाे आयोजना गरेको थियाे । 

अखिल (क्रान्तिकारी)का  केन्द्रिय महासचिव दिपेन्द्र चलाउने र उपत्यका संयाेजक लाेकेश विश्वकर्माले संयुक्त रूपमा रगत दिएर शुभारम्भ गरेकाे कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थीहरूले रक्तदान गरेको क्याम्पसका इकार्इ अध्यक्ष प्रभात भट्टराईले इमान्दार मिडियालाई बताए ।

रक्तदान राष्ट्रका लागि भन्दै उपत्यकामा भइरहेकाे रगत अभावकाे विषयलार्इ मध्यनजर गरेर रक्तदान कार्यक्रमकाे आयोजना गरेकाे उक्त संगठनले जनाएकाे छ । देशमा रगत अभाव हुनु भनेकाे निक्कै संवेदनशिल विषय भएकाेले जिम्मेवार विद्यार्थी सङ्गठनका हैसियतले अखिल (क्रान्तिकारी)ले विभिन्न चरणमा रक्तदान कार्यक्रम गर्दै अाएकाे सङ्गठनको भनार्इ छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...