अायोगले 'राजतन्त्र-हिन्दु राष्ट्र’ हटाएपछि राप्रपा आक्रोसित, मुद्दा दायर गर्न आज सर्वोच्च जाँदै
इमान्दार मिडिया संवाददाता ।
निर्वाचन आयोगको विधानबाट राजतन्त्र र हिन्दू राष्ट्र हटाएपछि राप्रपा अाक्रोसित भएको छ । पार्टी अध्यक्ष कमल थापाले आकस्मिक बैठक बोलाएका छन् ।
शनिबार बिहान ९ बजे बैकठ बस्न लागेको छ । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा पदाधिकारी र राजधानीमा रहेका केन्द्रीय सदस्यहरु लाई बोलाइएको छ ।
आयोगले राप्रपाको विधान प्रस्तावनाबाट पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्था वाक्यांश हटाउने निर्णय गर्दै विधान स्वीकृत गरेको थियो ।
हिन्दु राष्ट्र भन्ने शब्दले धर्मनिरेपक्ष र राजसंस्था भन्ने वाक्यांशले गणतन्त्रको भावनाविपरित भएको भन्दै निर्वाचन आयोगले संविधानको मर्म विपरित उल्लेख भएका शब्द हटाएको स्पष्ट पारेको छ ।
उता राप्रपाका नेताहरुले भने आयोगले आफ्ना एजेण्डालाई जनतामा लैजाने अधिकार कुण्ठित गरेको भन्दै राप्रपाले निर्णय सच्चाउन आयोगलाई आग्रह गर्ने तयारी गरेको छ । नसच्चाए अदालतमा ढोकासम्म पुग्ने राप्रपाको तयारी छ ।
२०७३ चैत्र ५ मा प्रकाशित ।
२०७३ चैत्र ५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...