क्रान्तिकारी पत्रकार संगठन कास्कीद्धारा पत्रकारीता पुरस्कार स्थापना
पोखरा,२ चैत्र ।
क्रान्तिकारी पत्रकार संगठन, कास्कीले पत्रकारीता पुरस्कार स्थापना गरेको छ ।
देशभरका बिभिन्न स्थानमा रहेर जनपक्षिय पत्रकारीता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधब पनेरुले जानकारी दिए ।
संगठनको जिल्ला समीतीको बैठकले २५ हजार ५ सय ५५ रुपैया तथा ताम्रपत्र सहितको पुरस्कार राशी भएको पत्रकारीता पुरस्कार स्थापना गर्ने र्निणय गरेको थियो ।
बिभिन्न समयमा नेपालमा भएका परितर्बनको पक्षका आन्दोलनहरुमा ज्यान गुमाएका शहिद पत्रकारहरुको स्मरणमा जनताको घरदैलोमा पुगेर चेतना फैलाउने र परिबर्तनको पक्षमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहन तथा सम्मानका लागि पुरस्कार स्थापना गरिएको संगठनले जनाएको छ ।
कम्तीमा १० बर्ष पत्रकारीता गरेको पत्रकारले यो पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार बर्षको एक पटक बिषेश समारोहको आयोजना गरी प्रदान गरीनेछ । पुरस्कार बितरण तथा ब्यबस्थापन नियमावली र्निमाणका लागि पत्रकार महासंघ कास्कीका नि. बर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा कास्की जिल्ला अध्यक्ष माधब पनेरु र सचिव फणिन्द्र अधिकारी सदस्य रहेको निबयमावली र्निमाण समितीले दिएको पुरस्कार बितरण संबन्धी र्निदेशीका पनि तयार भएको संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।
अब छिट्टे पुरस्कार बितरणका लागि प्रतिभा छनौट समीती गठन गरीने पनि जनाईएको छ । पुरस्कार बितरणको लागि राजेन्द्र अधिकारीको संयोजकत्वमा पुरस्कार अक्षयकोष र्निमाण समीती पनि बनाइएको छ । समीतीले पुरस्कारका लागि सबैमा सहयोगका लागि अपिल गरेको संयोजक अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...